चितवनबाट हिँडेको अर्को बस पनि पहिरोमा पुरिएको आशंका, सम्पर्कमा छैनन् चालकदल र यात्रु

डिसी नेपाल
१३ असोज २०८१ १२:२७

काठमाडौं । चितवनबाट यात्रु बोकेर काठमाडौंका लागि हिँडेको अर्को बस पनि पहिरोमा पुरिएको आशंका गरिएको छ । यो बसका चालक, सहचालक र कुनै पनि यात्रु सम्पर्कमा छैनन् । बस बाटोमा कतै देखिएको छैन र काठमाडौं आइपुगेको पनि छैन ।

एनबी मनकामना माई यातायात प्रालिको बस चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाण्डौ हिँडेको थियो । शुक्रबार दिउँसो २ बजे हिँडेको बा २ ख १३४५ नम्बरको बस सम्पर्कमा छैन ।

प्रालिका अध्यक्ष नर बहादुर रानाका अनुसार यो बसले हिँड्ने बेला काउन्टरबाट चलानी बनाएको थिएन त्यसैले यसमा कति यात्रु थिए भन्ने यकिन छैन । अपुष्ट जानकारीअनुसार बसमा १७ जना रहेको हुनसक्ने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *