हसन नसरल्लाहको मृत्युपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउन इरानको माग

डिसी नेपाल
१३ असोज २०८१ १३:०३

काठमाडौं । हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्युपछि इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ ।

संयुक्त राष्ट्रका लागि इरानका राजदूत आमिर एरवानीले काउन्सिलका १५ सदस्यलाई पत्र लेखेका छन् जसमा उनले आफ्नो देशको कूटनीतिक परिसर वा कुनै राजदूतमाथि कुनै हमला भएमा तेहरानले त्यसलाई सहन नसक्ने चेतावनी दिएका छन्।

इरवानीले भने, “इरानले अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्नो अधिकार प्रयोग गर्न कुनै पनि संकोच गर्दैन। इरानले राष्ट्रको रक्षा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित सबै मामिलाहरूको रक्षा गर्न हर सम्भव कदम चाल्नेछ।’

इरवानीले भने, “हामी सुरक्षा परिषद्लाई इजरायलविरुद्ध ‘निर्णायक निर्णय’ लिन अपील गर्छौं, ताकि इरानलाई युद्धमा धकेल्ने अवस्थाबाट बच्न सकोस्।”

इरानले लामो समयदेखि हिजबुल्लाहलाई आर्थिक र सैन्य सहयोग गर्दै आएको छ। यसअघि इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले नसरल्लाहको मृत्युको बदला नलिने कुरा नभएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *