२० यात्रुसहित पाल्पाबाट काठमाडौंको लागि छुटेको बस पनि सम्पर्कविहीन

डिसी नेपाल
१३ असोज २०८१ १४:०९

काठमाडौं। पाल्पाबाट पोखरा हुँदै काठमाडौंको लागि छुटेको बस पनि सम्पर्कविहीन भएको छ । स्याङ्जाको सिमाना नजिकै अगाहाखोलादेखि पोखरा मुग्लिन हुँदै काठमाडौं आउनका लागि यो बस शुक्रबार बेलुका हिँडेको थियो ।

ग २ ख १५१३ नम्बरको बसका चालक र सहचालक सम्पर्कविहीन छन् । बसधनी बिमल अर्यालका अनुसार बसले मुग्लिन पार गर्दासम्म बसका चालकदल सम्पर्कमा थिए । त्यसपछि उनीहरूको फोन स्वीच अफ छ ।

अर्यालका अनुसार बसका स्टाफ सम्पर्कविहीन छन् । बस बाटोमा कतै देखिएको जानकारी पनि छैन । बस काठमाडौं पुगेको पनि जानकारी छैन । बसमा करिब २० जना यात्रु भएको अर्यालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *