प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

डिसी नेपाल
१३ असोज २०८१ १७:०३

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका महामहिम राजदूत चेन सोंग बीच  जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

आइतबार प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *