पाकिस्तानी क्रिकेट टिमका छनोटकर्ता मोहम्मद युसुफले दिए राजीनामा

काठमाडौं। पाकिस्तानी क्रिकेट टिम छनोटकर्ता मोहम्मद युसुफले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
पूर्व दिग्गज ब्याट्सम्यानले सामाजिक सञ्जाल वेबसाइट एक्समा व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।
उनले लेखेका छन्, ‘व्यक्तिगत कारणले म पाकिस्तानी क्रिकेट टिमको चयनकर्ता पदबाट राजीनामा दिएको घोषणा गर्छु। यस्तो अविश्वसनीय टोलीको सेवा गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो र पाकिस्तान क्रिकेटको विकास र सफलतामा योगदान गर्न पाउँदा मलाई गर्व छ।’
‘मलाई हाम्रा खेलाडीहरूको प्रतिभा र भावनामा पूर्ण भरोसा छ र हाम्रो टोलीले शीर्ष स्थानमा पुग्ने प्रयास जारी राखेकोमा सबैलाई शुभकामना दिन्छु।’
प्रतिक्रिया
Facebook Comment