महालक्ष्मी विकास बैंकद्वारा चणिकलाल तामाङलाई एक लाख नगदसहित सम्मान

डिसी नेपाल
१३ असोज २०८१ १९:४६

काठमाडौं।  अविरल वर्षा सँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा शनिबार आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ ।

आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच चणिकलाल तामाङले जोखिमका बीच देखाएको अदम्य साहस र उनको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामाङलाई रु. १ लाखनगद सहित सम्मान गरिएको हो।

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्धार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास लिएको बैंकले  जनाएकाे छ।

साथै बैंकले देशै भरि आएको बाढी पहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रतिहार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपालीजनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवाप्रदानगर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *