माओवादीले नेतृत्व गरेको ककनी गाउँपालिका बन्यो गुणस्तर मूल्यांकनमा जिल्लाकै उत्कृष्ट

डिसी नेपाल
१३ असोज २०८१ २१:४२

नुवाकोट। जिल्लाको ककनी गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि(लिजा)मा २०७७ अन्तर्गत आव २०७९/०८० मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको गुणस्तर मूल्यांकनमा ककनी गाउँपालिकाले जिल्लाका १२ स्थानीय तहहरूमध्ये उत्कृष्टता हासिल गर्दै यो सम्मान प्राप्त गरेको हो।

यस अवसरमा आयोजित आव २०८०/०८१ को वार्षिक प्रगति समिक्षा कार्यक्रममा अध्यक्ष सुमन तामाङ सज्जनलाई विशेष सम्मान प्रदान गरिएको थियो। तामाङ माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनी माओवादीको तत्कालीन दशवर्षे जनयुद्धमा सहभागी भएका सैन्य कमाण्डरसमेत हुन्।

प्रमुख अतिथि पूर्व पर्यटन मन्त्री हित बहादुर तामाङ, प्रदेशसभा सदस्य रमेश कुमार महत र अर्का प्रदेश सभा सदस्य  रामप्रसाद ढुंगानाको उपस्थितिमा अध्यक्ष तामाङलाई कदरपत्रले सम्मान गरिएको हो।

कार्यक्रममा वक्ताहरूले ककनी गाउँपालिकाको संस्थागत प्रगति र उत्कृष्ट कार्यसम्पादनको प्रशंसा गर्दै भविष्यमा अझ उच्चस्तरीय परिणामहरूको अपेक्षा व्यक्त गरेका थिए। कार्यविधिका प्रतिस्पर्धात्मक सूचकहरूले स्थानीय तहहरूको तुलनात्मक विश्लेषणलाई प्रोत्साहन गर्ने भएकाले यसले विकास, सुशासन, र संस्थागत क्षमतामा थप सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *