अनेरास्ववियु क्रान्तिकारीमा उमेर हदको विवाद, कुर्सी हानाहान

डिसी नेपाल
१४ असोज २०८१ १६:४६

काठमाडौं। नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा लफडा भएको छ। उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा विद्यार्थी नेताहरु कुर्सी हानाहानमा उत्रिएका छन्।

अहिले अध्यक्षका दावेदार रहेका नेताहरु उमेर हद लगाउन नहुने पक्षमा रहेका छन् भने केही युवा नेताहरु ३२ वर्षे उमेरहद लगाउने पर्ने पक्षमा रहेका छन्। उमेर हद लागेमा यस महाधिवेशनमा अध्यक्षका आकांक्षी रहेका अधिकांशको विद्यार्थी राजनीति सकिने भएकाले यो विषय विवादमा आएको बताइएको छ।

आइतबार मूलपार्टी माओवादी केन्द्रले उमेर हद बारेको निर्णय महाधिवेशनको हलले नै गर्ने निर्णय गरेपछि आज यो विषयमा निर्णय लिने तयारी गरिएको छ।

१० असोजदेखि जारी २३औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तालिका रहेपनि आजको तोकिएको निर्वाचनको प्रक्रिया अहिलेसम्म शुरु नै हुन सकेको छैन। आज उमेर हदको विवाद मतदानबाट टुंगो लगाएर निर्वाचनमा जाने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *