बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०० पुग्यो

डिसी नेपाल
१४ असोज २०८१ १६:५१

काठमाडौं। असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०० पुगेको छ।

नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अपडेट अनुसार २०० जनाको मृत्यु भएको हो। अद्यावधिक विवरणअनुसार, २६ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १२७ जना घाइते रहेका छन्।

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा २९४ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजार २२२ जनाको उद्धार गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *