एभरेष्ट महिला भलिबल लिगमा ललितपुरको विजयी शुरुवात

काठमाडौं। एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको छ।
सोमबार देखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा पराजित गर्यो।
ललितपुरले पहिलो सेट २५–२० ले जितेको थियो भने तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले जितेको थियो। त्यस्तै काठमाडौंले दोस्रो सेट २५–२१ ले जितेको थियो।
प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल मधेश युनाइटेड र कर्णालीबीच हुने छ भने तेस्रो खेल चितवन शक्ति र गण्डकी ठण्डरबीच हुने छ।
प्रतिक्रिया
Facebook Comment