बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो

डिसी नेपाल
१५ असोज २०८१ १०:३०

काठमाडौं । बलिउड अभिनेता तथा शिव सेना (शिन्दे गुट) नेता गोविन्दालाई खुट्टामा गोली लागेको छ । उनलाई आफ्नै रिभल्भरबाट खुट्टामा गोली लागेको हो । उनलाई तत्काल अस्पताल लगियो ।

गोविन्दाले मुम्बईस्थित आफ्नो घरमा रिभल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बताइएको छ ।

मुम्बईस्थित बीबीसीका सहयोगी पत्रकार मधु पालका अनुसार घटनाका बेला उनकी श्रीमती सुनिता घरमा थिइनन् । उनी जयपुरमा थिइन् तर खबर सुन्नेबित्तिकै त्यहाँबाट निस्किन् ।

गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, “उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर कभरमा राख्दै थिए । त्यही क्रममा रिभल्भर खस्यो र खुट्टामा गोली लाग्यो।”

डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् तर अझै अस्पतालमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *