अन्तरिक्षमा फसेका यात्रीलाई लिन गएको यान स्पेस स्टेशन पुग्यो
काठमाडौं । अर्बपति एलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन अन्तरिक्ष यान आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेको छ। यस अन्तरिक्षयानमा रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ र नासाका अन्तरिक्ष यात्री निक हेग सवार छन् । अन्तरिक्षयान बोकेको फाल्कन ९ रकेटले शनिबार दिउँसो फ्लोरिडाको केप क्यानाभेरल प्रक्षेपण प्याडबाट उडान भरेको थियो।
जुन ६ देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका भारतीय मूलकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फेब्रुअरी २०२५ मा ड्र्यागन अन्तरिक्ष यान मार्फत पृथ्वीमा ल्याइनेछ। चार सिटको यो रकेटमा दुई सिट खाली राखिएको छ ।
सुनिता विलियम्स र बुच विल्मोरलाई यस वर्षको जुन ५ मा बोइङको नयाँ स्टारलाइनर क्याप्सुलमा आईएसएसमा पठाइएको थियो। दुवै जना जुन १३ मा फर्किने तय थियो तर अन्तरिक्ष यानमा प्राविधिक गडबडीका कारण उनीहरुको फिर्ती स्थगित भएको थियो ।
नासा प्रमुखले अगस्ट २४ मा सुनिता विलियम्स र बुच ६ महिनापछि सन् २०२५ को फेब्रुअरीसम्म पृथ्वीमा फर्किने बताएका थिए । नासाले बोइङको नयाँ स्टारलाइनर क्याप्सुलमा अन्तरिक्ष यात्री ल्याउनु खतरनाक हुनसक्ने स्वीकार गरेको थियो । नासाले सुनिता र बुच विल्मोर फेब्रुअरीमा एलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन स्पेसक्राफ्टमा फर्कने बताएको थियो।
Facebook Comment