एभरेष्ट महिला भलिबल लिगः काठमाडौंले चितवन हरायो

डिसी नेपाल
१५ असोज २०८१ २१:३४

काठमाडौं। जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले चितवन शक्तिलाई पराजित गरेको छ।

मंगलबार सम्पन्न खेलमा काठमाडौंले चितवनलाई ३-१ सेटले पराजित गरेको हो।

पहिलो सेटमा २५-२१ ले पराजित भएको काठमाडौंले खेलमा कमब्याक गर्दै त्यसपछि तिनै सेट लगातार जितेको थियो। काठमाडौंले दोस्रो सेट २५-१०, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१७ ले जितेको थियो।

यो काठमाडौंको दोस्रो खेलमा पहिलो जित हो। त्यस्तै पहिलो खेलमा जित हासिल गरेको चितवनले दोस्रो खेलमा हार ब्यहोरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *