इरानलाई नेतन्याहुको चेतावनी: ‘ठुलो मूल्य चुकाउनुपर्ने छ’
काठमाडौँ । इरानको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘इरानले आज राति ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।’
इजरायली मन्त्रिपरिषद् बैठकको उद्घाटन गर्दै नेतान्याहुले इरानले आफ्ना शत्रुहरूविरुद्ध बदला लिन कटिबद्ध रहेको इरानले नबुझेको बताए ।
यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आक्रमणको बचाउ गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुलाई चेतावनी दिएका थिए ।
पेजेस्कियानले एक्समा लेखेका छन्, ‘इरान र क्षेत्रको शान्ति र सुरक्षालाई (वैध अधिकारु सहित) निर्णायकु प्रतिक्रिया दिएको छ, जुन इरानका हित र नागरिकहरूको सुरक्षाको लागि हो ।’
प्रतिक्रिया
Facebook Comment