इरानले इजरायलमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति के भन्छन् ?
काठमाडौं । ईरानको मिसाइल आक्रमणबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो प्रतिक्रिया दिएका छन्।
राष्ट्रपति बाइडेनले भनेका छन् – अमेरिका “पूर्ण रूपमा इजरायलको समर्थन गर्छ ।”
बाइडेनले भने – उनको निर्देशनमा अमेरिकी सेनाले यस आक्रमणको क्रममा “सक्रिय रूपमा इजरायलको सुरक्षामा मद्दत गरेको छ।”
ताजा जानकारीको आधारमा, उनले भने – यो आक्रमण “असफल” साबित भएको छ।
यसैसँगै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले भनेकी छिन् – जसरी ईरानी मिसाइलहरूलाई गिराउन अमेरिकाले इजरायललाई मद्दत गरेको छ, त्यो बिल्कुल सही छ।
कमला हैरिसले भनेकी छिन् – उनले ह्वाइट हाउसको सिचुएशन रूमबाट यो आक्रमणलाई रियल टाइममा देखेकी छन्। उनले ईरानलाई मध्य-पूर्वमा “अस्थिरता फैलाउने शक्ति” भनेकी छन्।
उनले भनेकी छन् – उनी राष्ट्रपति बाइडेनको त्यो निर्णयको पूर्ण रूपमा समर्थन गर्छिन्, जसमा बाइडेनले भूमध्य सागरमा तैनाथ अमेरिकी नेवीका जहाजहरूलाई ईरानका मिसाइलहरूलाई खसाल्न आदेश दिएका थिए।
कमला ह्यारिसले भनिन् – आक्रमणको प्रभावहरूको मूल्यांकन अझै जारी छ र यस्तो देखिन्छ कि अमेरिकाको मद्दतले इजरायलले आक्रमणलाई असफल पारेको छ। उनले अगाडि भनिन्, “इसराइलको सुरक्षाका लागि म पूर्ण रूपमा प्रतिबद्ध छु।”
Facebook Comment