काभ्रेबाट मात्रै सेनाले गर्‍यो हेलिकप्टरमार्फत ८ सयको उद्धार

डिसी नेपाल
१६ असोज २०८१ १०:५७

काठमाडाैं। काभ्रे जिल्लामा नेपाली सेनाको हेलिकप्टरबाट हालसम्म करिव ८ सयजनाको उद्धार गरिएको छ।

अबिरल वर्षाको कारण काभ्रेको विभिन्न स्थानमा आएको बाढी र पहिरो कारण जिल्लाको विभिन्न ठाँउमा अलपत्र परेकालाइ नेपाली सेना तथा जिल्लास्थित सुरक्षा निकाय र अन्य संघ संस्थाहरुको समेत समनवयमा उद्धार गरिएको हो।

कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकशबहादुर सिंहले नेपाली सेनाका फौज विभिन्न स्थानमा परिचालन गरी खोज तथा उद्धार कार्यमा सक्रिय भएको बताए। असोज १० गते देखि निरन्तर परिरहेको अविरल बर्षातका कारण असोज ११ र १२ गते जिल्लाका विभिन्न स्थानमा क्षति भएको थियो।

नेपाली सेनाको कालीजंग गणले मंगलटार इलाकामा रहेका अलपत्र अवस्थाका नागरिकहरुलाई रोशी ९ मा खाद्यान्न समेत बितरण गरेको थियो भने ३७ ब्यक्तिहरुको उद्धार गरेको थियो।

जसमा २३ जना घाइते थिए। पनौती नगरपालिका वडा नम्वर १२ मा उद्धार टोली मार्फत ३ जनाको उद्धार पछि अस्पताल पठाएको थियो। रोशी गाउँपालिकामा ३ बिदेशी नागरिक सहित ४० ब्यक्तिहरुको उद्धार गरेको छ। चौरीदेउराली, बेथान्चोक गाउँपालिकामा रहेका घाइतेहरुको पनि उद्धार गरेको छ।

रोशी र तेमाल गाउँपालिकामा गणले २ सय भन्दा धेरै ब्यक्तिलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ भने सिन्धुली र रोशी गाउँपालिमा अलपत्र रहेका विदेशी नागरिकहरु सतिह ३७ जनाले तेश्रो चरणमा धुलिखेल ल्याएको थियो।

खोज र उद्धारसँगै नेपाली सेनाको फौजले स्थानीयहरुको पुरिएका घरहरुको सामाग्री निकाल्न सहयोग गरिरहेका छन् भने नागरिकहरु पुरिएको अवस्थामा खोजका लागि सहयोग गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *