विप्लवका प्रवक्ता प्रकाण्ड अदातल परिसरबाटै फेरि प्रकाउ

डिसी नेपाल
१ भदौ २०७५ १३:१८

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न सर्वोच्चले आदेश दिए पनि प्रहरीले फेरि प्रकाउ गरेको छ ।

जबरजस्ती चन्दा असुलेको अभियोगमा प्रकाण्ड गएको साता पक्राउ थिए । प्रहरीले सात करोड भन्दा धेरै चन्दा असुली गरेको अभियोग उनी माथि लगाएको छ। तर उनका छोरा नरेन्द्र विकले सर्वोच्चमा विना कारण आफ्ना बुबालाई थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि सर्वोच्चले ४८ घण्टा भित्र उपस्थित हुन गराउन र सरकार सँग लिखित जवाफ माग गरेको थियो ।

आज भएको बहसमा आरोप पुष्टि हुने आधार पर्याप्त हुन नसकेपछि उनलाई नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा रिहा गर्न आदेश दिएको थियो । तर प्रहरीले उनलाई अदातल परिसरबाटै फेरि गिरफ्तार गरेको हो ।

दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट दुई कार्यकर्तासहित पक्राउ परेका प्रकाण्ड गएको बुधबारदेखि महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा थिए ।

बा१४प २७२९ नम्बरको गाडीमा हेटौँडाबाट आइरहेका बेला मंगलबार साँझ प्रकाण्ड सहित उनका दुई सहयोगीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई पक्राउ गर्नुअघि गरेको अनुसन्धानका क्रममा ठुला व्यापारीदेखि सर्वसाधरण बाट समेत करिब ७ करोड रुपैयाँ चन्दा असुलेको खुलेको थियो । त्यही आधारमा उनलाई पक्राउ गरी हिरासतमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *