टी–२० बरियतामा दिपेन्द्र सिंह ऐरीको ऐतिहासिक छलाङ, अलराउण्डरतर्फ दोस्रो स्थानमा

डिसी नेपाल
१६ असोज २०८१ १४:५३

काठमाडौं । नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अन्तर्राष्ट्रिय बरियतामा ऐतिहासिक छलाङ मारेका छन् । उनी अलराउण्डरतर्फको बरियतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

क्रिकेटको कुनै पनि किसिमको बरियतामा शीर्ष २ मा पर्ने उनी नेपालकै पहिलो खेलाडी हुन् । पछिल्लो बरियतामा उनले ४ स्थान माथि उक्लिँदै दोस्रो स्थानमा आएका हुन् । उनीभन्दा अगाडि इङ्ल्याण्डका लियाम लिभिङस्टोन मात्र छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ ।

तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर रजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा, छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी, सातौं स्थानमा भारतका हार्दिक पाण्ड्या, आठौण स्थानमा पाकिस्तानका इमाद वसिम र दसौं स्थानमा दक्षिण अफ्रिकाका एडेन मार्करम छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *