रात्रिकालीन उडान हुने विमानस्थल राति १२ बजेसम्म सञ्चालन हुने

डिसी नेपाल
१६ असोज २०८१ १६:४३

काठमाडौं। बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा अहिले हवाइ यातायातमा यात्रुको चाप बढेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ ।

प्राधिकरणले भनेको छ,‘देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७ः३० (घटस्थापना देखि पुर्णिमा) सम्म त्रिभुवन विमानस्थल, गौतमबुद्ध, पोखरा लगायत रात्रिकालीन उडान हुने सम्पुर्ण  विमानस्थलहरु  विहान ४ः३० बजेदेखि राती १२ः०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) संचालनमा आउने व्यवस्था मिलाइएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *