प्रतिबन्धमा परेका भारतीय युवा क्रिकेटर पृथ्वी डिप्रेसनमा !
एजेन्सी । भारतका युवा क्रिकेटर पृथ्वी श डिप्रेसनमा शिकार भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले क्रिकेटमा प्रतिबन्ध लगाएपछि १९ वर्षे क्रिकेटर शको मानसिक स्वास्थ्यमा समस्या देखिएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
प्रतिबन्धित औषधिको नियम (एन्टी डोपिङ) उल्लंघन गरेको भन्दै बीसीसीआईले युवा ब्याट्सम्यान शलाई ८ महिनाको प्रतिबन्ध लगाएको थियो । बीसीसीआईको प्रतिबन्धपछि डिप्रेसनमा गएका श त्यसबाट मुक्त हुन इंग्ल्याण्ड जाने भएका छन् । आठ महिनाको निलम्बन अवधि भर उनले इंग्ल्याण्डमा बिताउने छन् ।
गत फेब्रुअरी २२ मा शैयद मुस्ताक अली टी–ट्वान्टी खेलको दौरान श को मेडिकल प्रशिक्षणगरिएको थियो । जसमा उनले प्रतिबन्धित औषधि सेवन गरेको प्रमाण भेटिएको थियो । शले समेत आफुमाथि लागेको आरोपको स्विकार गरेका थिए । तर, उनले आफुले नजानेर सो पदार्थ सेवन गरेको जवाफ दिएका थिए ।
शले भारतबाट अन्तिम पटक वेष्ट इण्डिजविरुद्व टेष्ट खेल हैदराबादमा खेलेका थिए । उनले भारतका लागि दुई टेष्ट खेलेका छन् । उनको नाममा एक शतक र एक अर्धशतक रहेको छ । उनले दुई टेष्टमा १ सय १८ दशमलव ५० को औसतमा २ सय ३७ रन बनाएका छन् ।
Facebook Comment