लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु

डिसी नेपाल
१७ असोज २०८१ १०:५८

काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

लेबनानी अधिकारीहरुका अनुसार यो आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको हो । यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित छ।

इजरायली सेनाले बेरुतमा लक्षित हमला गरेको बताएको छ । यसैबीच, लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।

५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिशिगनका बासिन्दा हुन् उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए ।

अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ताले कमेल अहमद जवादको मृत्यु भएको पुष्टि गर्दै शोक व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *