सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

डिसी नेपाल
१७ असोज २०८१ ११:२३

काठमाडौं। बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। आज चाँदीको मुल्य १५ रुपैयाँले बढेर १९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *