सरकारले नागरिकको सुरक्षा गर्न सकेन: अध्यक्ष लिङ्देन

डिसी नेपाल
१७ असोज २०८१ १८:३४

काठमाडौं। राष्ट्रिय प्रजतान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले बाढी र पहिरो पीडितको राहत उद्धारमा सक्रिय भएर काम गर्न नसकेको बताएका छन्।

राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नं. १ ले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विपतमा काम नलाग्ने सरकारको जनतालाई अर्थ नहुने बताए। समाजमा सेवाभाव हराउँदै गएको अवस्थामा सरकारले विपतका समयमा परोपकारी काम व्यपकरुपमा गर्नु पर्ने बताए।

उनले सरकारलाई लाज हुने गरी समान्य नागरिकले बाढीपीडितका लागि काम गरेको बताए। आफ्ना नागरिकलाई बचाउन र सुरक्षा दिन नसक्ने सरकारले आफ्नो हैसियत सोच्नु पर्ने उनले बताउँदै यो विजपतको समयमा सरकारलाई सचेत हुन आग्रह समेत गरे।

कार्यक्रममा पार्टीका सहकोषाध्यक्ष शोभित उप्रेतीले देशमा नागरिकहरु निरीह भएको बताउँदै नागरिकलाई अब पार्टी र तिनका नेता कार्यकर्तालेसाथ दिनु पर्ने बताए। उनले पार्टीका नेता कार्यकर्ता सत्ता र आफ्नो स्वार्थमा मात्रै लाग्ने हो भने जनताले पार्टीलाई साथ दिन छाचेड्ने दिन आउने चेतावनी दिए।

बाढीपहिरोबाट ज्यान गुमाएका परिवारजन, र घाइतेको सहयोगका लागि आफ्नो पार्टी राप्रपा र व्यक्तिगतरुपमा आफु लागि परेको उप्रेतीले बताए ।
कार्यक्रममा बाढीमा बग्दै गरेका दुईजनालाई बचाउने चणिकलाल तामाङलाई सम्मान समेत गरिएको थियो। साहसी तमाङले आफूलाई सम्मान गरेर नगद पैसा दिनु भन्दा बाढीपिडीतलाई आर्थिक सहयोग गर्न आग्रह गरे।

जिल्लाका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सोही क्षेत्रबाट चुनाव लडेका रविन्द्र मिश्रको भने उपस्थित थिएनन्। मिश्रले पार्टीको हित विपरित काम गर्दै हिडेका कारण यस्ता कार्यक्रमहरुमा उनलाई बोलाउन छोडिएको एक नेताले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *