महिला भलिबलमा काठमाडौंले मधेशलाई हरायो

डिसी नेपाल
१७ असोज २०८१ १८:३७

काठमाडौं। जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ। बिहिबार सम्पन्न खेलमा काठमाडौंले मधेशलाई ३-१ को सेटमा पराजित गरेको हो।

महिलो सेटमा मधेश युनाइटेडसँग २५-१५ ले पराजित भएको काठमाडौंले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेको थियो। काठमाडौंले दोस्रो सेट २५-२३ मा जितेको थियो भने तेस्रो सेट २५-१५ र चौथो सेट २५-१८ ले जितेको थियो।

यो जितपछि काठमाडौंको ४ खेलमा ९ अंक भएको छ र फाइनलको सम्भावना प्रबल रहेको छ। त्यस्तै मधेश युनाइटेडले भने लगातार चार खेलमा हार बेहोरेर फाइनलको दौडबाट बाहिरिएको छ।

अब काठमाडौंले लिग चरणको अन्तिम खेलमा शुक्रबार कर्णाली यशविसको सामना गर्ने छ भने मधेशले गण्डकी थण्डर्सको सामना गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *