अरविन्द केजरीवालले मुख्यमन्त्री निवास खाली गरे

डिसी नेपाल
१८ असोज २०८१ १४:१९

काठमाडौं । दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री निवास खाली गरेका छन् ।

सोशल मिडिया प्लेटफर्म एक्समा आम आदमी पार्टीको ह्यान्डलबाट ट्वीट गरेर यो जानकारी दिइएको हो।

ट्वीटमा लेखिएको छ, ‘केजरीवाल जी मुख्यमन्त्रीको निवासबाट निस्किए । अब जबसम्म जनताले जनताको अदालतमा उनको इमान्दारिता पुष्टि गर्दै उनलाई पुन: मुख्यमन्त्री बनाउँदैनन्, पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल मुख्यमन्त्री निवासमा बस्ने छैनन्।

दिल्लीको मदिरा नीतिमा कथित घोटालाको आरोपमा जेलबाट रिहा भएको दुई दिनपछि केजरीवालले पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री पद छाड्ने कुरा गरे।

उनले आम आदमी पार्टीको मुख्यालयमा भनेका थिए, “म मुख्यमन्त्रीको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन।”

आम आदमी पार्टीकी नेता आतिशीले दिल्लीको नयाँ मुख्यमन्त्रीको सपथ लिएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *