दशैं धमाका कार्यक्रममा गायक शिव परियार र विशाल काल्तानको सांस्कृतिक प्रस्तुती हुने

डिसी नेपाल
१९ असोज २०८१ ७:१२

कुर्दिस्तान। गैर अवासीय नेपाली संघ रासप इराकले नेपालीहरुको बडा दसैं २०८१ मा संगितिक धमका तथा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। बालबालिका अनाथलाय सहयोगार्थ स्वरुप आयोजना गरिने उक्त कार्यक्रममा नेपालबाट वरिष्ठ गायकद्वय शिव परियार र नेपाल तामाङ कलकार संघका चर्चित गायक विशाल काल्तान कार्यक्रमका अथिती आकर्षण रहने संघका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए।

१८अक्टोबर शुक्रवारको दिन कुर्दिस्तानको सुलेमानी सहरमा आयोजना गरिने कार्यक्रममा इराकमा रहेको नेपालीहरुलाइ दसैंको अग्रिम शुभकामना दिँदै श्रेष्ठले भने, “यसपालीको दसैं कार्यक्रम अलि पृथक बनाउने कोसिस गरेका छौं । पछिल्लो सालहरु पनि कार्यक्रम आयोजना नगरिएको त होइन तर यसरी नेपालमा रहेको अनाथ बालबालिकाको लागि वा कुनै समाजिक सहयोगार्थ भनेर गरिएको थिएन।”

श्रेष्ठका अनुसार विदेशमा आफ्नो घर परिवारबाट टाढा रहेकाहरुलाई आफ्नो मौलिक चाडपर्वहरु मनाएर नियास्रोपन हटाउने कोसिस गरेको उल्लेख गर्दै सबैमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छ्न्। कार्यक्रमबाट हुने मुनफालाई नेपालमा रहेको अनाथ बालबालिका आश्रममा सहयोग गरिने बताए।

अथिति कलाकार वरिष्ठ गायकद्वय शिव परियार र विशाल काल्तानले आफ्नो प्रस्तुतिहरु पस्किएर रमाइलो गराउनेछन भने उनीहरु आउने निस्चित भए पछि नेपालीहरु मन परेको गायकहरुबाट आफ्नो मन परेको गितहरु सुन्न उत्साहित रहेको छ।

एक दिने उक्त कार्यक्रममा यसपाली कुर्दिस्तानमा रहेको नेपालीहरुले दसैंमा टीका, जमाराको साथमा संगीतमय बनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *