नेपाल क्यानडामा अभ्यास खेलमा पनि पराजित

काठमाडौं। नेपाल एचटी क्यानडासँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ। गएराति सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको हो।
क्यानडामा सम्पन्न लिग-२ सिरिज र त्यसपछि टी-२० सिरिजको असफलतापछि पनि नेपालको हारको सिलसिला रोकिएको छैन। नेपालले लिग-२ सिरिजमा केबल १ अंक जोडेको थियो भने टी-२० सिरिजमा २ खेल ओमानविरुद्ध जितेको थियो।
नेपालले यो अभ्यास खेल सोमपाल कामीको कप्तानी खेलेको थियो। नेपालले दिएको १४४ रनको लक्ष्य पछाएको एचटी क्यानडाले ३६ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो।
यसअघि नेपाल ३९.४ ओभरमा अल आउट हुदै १४३ रन बनाएको थियो। नेपाल र एचटी क्यानडाबीचको दोस्रो अभ्यास खेल आज राति र तेस्रो खेल मंगलबार खेल्दै छ ।
प्रतिक्रिया
Facebook Comment