फिल्म ‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक

डिसी नेपाल
१९ असोज २०८१ २१:३१

काठमाडौं। आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ।

शनिबार सार्बजनिक गरिएको ट्रेलरमा दीपकराज गिरीले घुस नखाने सरकारी कर्मचारीको भूमिकामा रहेको बुझ्न सकिन्छ। त्यस्तै केदार घिमिरे, वर्षा सिवाकोटी, राजाराम पौडेल लगायतको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको ट्रेलरबाट बुझ्न सकिन्छ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ। हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ।

‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सुपरहिट भएका थिए। पाँचौं सिरिज भने दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सँगै रिलिज हुन लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *