लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

डिसी नेपाल
२० असोज २०८१ १०:२१

काठमाडौं। लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ति गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गरेको छ । हिल्टन काठमाडौँमा शनिबार आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको हो । उक्त कार्यक्रममा क्रिकेटरहरु, खेलाडीहरु र पत्रकारहरु र खेल प्रेमीहरु उपस्थित थिए ।

यसबारे बोल्दै कोच गौचनले भने, “लुम्बिनी लायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको रुपमा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु । यो क्लबले धेरै सम्भावना बोकेको छ । खेलाडीहरुसँग मिलेर राम्रोसँग प्रशिक्षाण गरेर हाम्रो उद्धेश्यको निम्ती काम गर्ने चाहना छ । लुम्बिनी लायन्सले नेपाली क्रिकेटको गौरव र लगावलाई प्रतिनिधित्व गर्दछ । र यस यात्राको एक हिस्सा हुन पाउँदा म निकै खुशी छु ।”

त्यसै गरी क्लबका चेयरम्यान इश्वर जिसीले भने, “शक्ति गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । वहाँँ धेरै युवा खेलाडीहरुको लागि प्रेरणाको श्रोत हुनुहुन्छ । फिल्ड भित्र र बाहिर वहाँँले जुन हिसाबले क्रिकेटलाई बुझ्नुभएको छ । त्यो ज्ञानले पक्कै पनि हाम्रो टिमलाई नयाँँ उचाइमा पुर्याउनेछ ।”

त्यसै गरी क्यानका सेक्रेटरी पारस खड्काले पनि भने, “शक्ति गौचनको नियुक्ति लुम्बिनी लायन्स र नेपाल क्रिकेटको लागि ठूलो उपलब्धी हो । वहाँँको अनुभव र लगनशीलताले धेरै युवा खेलाडीहरुलाई प्रोत्साहन र हौसला मिल्नेछ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *