छत्तीसगढमा दोहोरो भिडन्तमा ३० जना माओवादी मारिएको प्रहरीको दाबी

डिसी नेपाल
२० असोज २०८१ ११:३४

काठमाडौं । छत्तीसगढको माओवादी प्रभावित नारायणपुर जिल्लामा प्रहरीले भिडन्तमा ३० जना माओवादी मारिएको दाबी गरेको छ ।

मुठभेड स्थलबाट ठूलो परिमाणमा अत्याधुनिक हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

भिडन्तपछि खोजी अभियान जारी छ। प्रहरीले कथित माओवादी मारिनेको संख्या बढ्न सक्ने कुरालाई इन्कार गरेको छैन ।

कथित माओवादी विरुद्धको अपरेशनका लागि बिहीबार ओर्छा र बारसुर थानाबाट विशेष कार्यदल र जिल्ला रिजर्भ गार्डको छुट्टाछुट्टै टोली गएको बीबीसीका एक उच्च प्रहरी अधिकारीले बताए ।

प्रवक्ताका अनुसार नेन्दुर–ठुलाथुली जंगलमा शुक्रबार दिउँसो ‘शङ्कास्पद माओवादी’सँग भिडन्त भएको थियो जुन साँझसम्म जारी रह्यो ।

घटनास्थलबाट अहिलेसम्म ३० माओवादीको शव फेला परेको प्रहरीले जनाएको छ । तर, उनको परिचय भने खुल्न सकेको छैन । तर बरामद हतियारको प्रकारका कारण मारिनेमा माओवादीका केही ठूला नेताहरु पनि समावेश हुन सक्ने आशंका गरिएको छ ।

राज्यका मुख्यमन्त्री विष्णुदेव साईले सैनिकले हासिल गरेको यो ठूलो सफलता सराहनीय रहेको बताएका छन् ।

उनले भने, “नक्सलवादको अन्त्यका लागि सुरु भएको हाम्रो लडाइ अन्त्यमा पुगेपछि मात्रै अन्त्य हुन्छ, यसका लागि हाम्रो डबल इन्जिन सरकार कटिबद्ध छ। हाम्रो लक्ष्य राज्यबाट नक्सलवाद अन्त्य गर्ने हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *