रेखा यादव स्मृति पत्रकारिता पुरस्कारबाट प्रवीण सम्मानित

डिसी नेपाल
२० असोज २०८१ १९:५८

काठमाडाैं। पत्रकार प्रविण कुमार यादव रेखा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन्। । शनिवार उनलाई नेपाल यादव सेवा समितिले काठमाण्डाैमा एक कार्यक्रमबीच नगद र प्रमाण-पत्र सहित सम्मान गरेकाे हाे।

पत्रकारिता क्षेत्रबाट देश, मधेश र यदुवंश समाजमा पुर्याएकाे याेगदानकाे उच्च मूल्यांकन गर्दै पत्रकार यादवलाई नगद ५ हजार सहित प्रमाण-पत्र प्रदान गरिएको थियो।

सप्तरीकाे तिलाठी काेइलाडी ७ निवासी पत्रकार यादवले नेपाल रिपब्लिक मेडिया प्रालिद्वारा प्रकाशित रिपब्लिक दैनिक अंग्रेजी पत्रिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेकाे थियाे।

यादवले द गार्जियन, द वायर, स्विस टिभि, स्विस पब्लिक रेडियाे, न्युयोर्क टाइम्स, फ्रेन्च टिभिका लागि रिपोर्टिङ गरेका छन्। उनले द काठमाण्डु पाेष्ट र रेकर्ड नेपालका लागिपनि स्तम्भकारकाे रुपमा काम गरेका छन्।

उनी सन् २०१२ मा अमेरिकी सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय नेतृत्व कार्यक्रम (IVLP) का लागि छनौट भई अमेरिका गएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *