माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : प्रचण्ड

डिसी नेपाल
२० असोज २०८१ २०:१६

चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन्।

प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताएका हुन्।

अध्यक्ष दाहालले भने, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ। त्यसकारण एक्लै लड्छौँ र जित्छाैं भन्ने आधार देशभरि घुमेर देखेको छु”, उनले भने।

फरक प्रसंगमा उनले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताए। उनले राजनैतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताए।

अध्यक्ष दाहालले भने, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *