ब्राइटनसँग टोटनह्याम स्तब्ध

डिसी नेपाल
२१ असोज २०८१ ६:५०

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम ब्राइटनसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

ब्राइटनको जितमा यान्कुबा मिनटेह, जर्जिन्हो रटर र डानी वेलब्याकले एक एक गोल गरेका थिए। त्यसैगरी टोटनह्यामका लागि ब्रेनान जोन्सन र जेम्स माडिसनले एक एक गोल गरेका थिए ।

ब्राइटनको यो यस सिजनमा तेस्रो जित हो । ७ खेलमा यो जितपछि १२ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ।

त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा तेस्रो हार हो । टोटनह्यामको ७ खेलमा १० अंक रहेको छ र लिगमा नवौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *