बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

डिसी नेपाल
२१ असोज २०८१ ७:०८

काठमाडौं। भारतले बंगलादेशविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ। आइतबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।

बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले ११.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.५ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो। यो जितपछि ३ खेलको टी-२० सिरिजमा भारत १-० ले अगाडी भएको छ। अब सिरिजको दोस्रो खेल आगामी बुधबार भारतको दिल्लीमा हुदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *