महिला टी-२० विश्वकप: वेस्ट इन्डिजले स्कटल्याण्डलाई हरायो

डिसी नेपाल
२१ असोज २०८१ ८:१९

काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको १०० रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ११.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै ९९ रन बनाएको थियो ।

यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको वेस्ट इन्डिजको यो दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै स्कटल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ । यस अघि पहिलो खेलमा स्कटल्याण्ड बंगलादेशसँग पराजित भएको थियो ।

अब स्कटल्याण्डले अर्को खेल बुधबार दक्षिण अफ्रिकासँग खेल्दै छ भने वेस्ट इन्डिजले अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *