सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउँदै नेपाली सेना

डिसी नेपाल
२१ असोज २०८१ ८:२९

काठमाडौँ । नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पि.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली बृज जडान कार्य सुरु गरेको छ ।

यहि असोज १० र ११ गते भएको अविरल बर्षापछि सुनकोशीमा आएको बाढीले यो बेलिब्रिज बगाएको थियो । यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो ।

अस्थायी रुपमा वैकल्पिक मार्गबाट अहिले सडक संचालन भएको भएपनि नेपाली सेनाले बेलिब्रिज जडान कार्य शुरु गरेकाले सिन्धुली र रामेछापको सडक सम्बन्ध पुर्ववतरुपमा छिट्टै फर्किने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *