कराँची एयरपोर्ट नजिकै भएको विस्फोटमा आफ्ना नागरिक मारिएपछि चीनले के भन्यो ?

डिसी नेपाल
२१ असोज २०८१ १४:२१

काठमाडौं । पाकिस्तानको कराँचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विस्फोटमा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ ।

पाकिस्तानस्थित चिनियाँ दूतावासले यस घटनाबारे आफ्नो विज्ञप्ति जारी गरेको छ। चिनियाँ दूतावासको विज्ञप्ति अनुसार अक्टोबर ६ तारिख राति करिब ११ बजे पोर्ट कासिम इलेक्ट्रिक पावर कम्पनी (प्रालि) का चिनियाँ कर्मचारीको समूहमा आक्रमण भएको थियो ।

कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आक्रमणमा दुई चिनियाँ नागरिकको मृत्यु भएको थियो भने एक चिनियाँ नागरिक घाइते भएका थिए । यसका साथै केही स्थानीयको पनि ज्यान गएको छ ।

पाकिस्तानमा चिनियाँ दूतावास र वाणिज्य दूतावासले भने, “हामी यस आतंकवादी हमलाको कडा निन्दा गर्दछौं।”

यसका साथै दूतावासले यो पनि लेखेको छ, “हामी यस हमलामा मारिएका निर्दोष पीडितहरू र उनीहरूका परिवारहरूप्रति समवेदना व्यक्त गर्दछौं।”

हामी पाकिस्तानसँग मिलेर यो अवस्थालाई सम्हाल्ने प्रयास गरिरहेका छौं। चिनियाँ दूतावास र वाणिज्य दूतावासले पनि आक्रमणपछि तत्कालै आपतकालीन योजना सुरु गरेको छ ।

यस योजना अन्तर्गत, पाकिस्तानले आक्रमणको गहिरो अनुसन्धान गर्न, अपराधीहरूलाई कडा भन्दा कडा सजाय दिन र पाकिस्तानमा रहेका चिनियाँ नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सबै प्रयासहरू गर्नेछ।

यस घटनाको जिम्मेवारी पाकिस्तानको पृथकतावादी समूह ‘बलोच लिबरेशन आर्मी’ले लिएको छ ।

समूहले चिनियाँ इन्जिनियर र लगानीकर्ताहरूको समूहलाई निशाना बनाएको बताएको छ।

यो घटनापछि सांघाई सहयोग संगठनका नेताहरुको शिखर सम्मेलन आयोजना गर्ने तयारीका कारण पाकिस्तानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *