पाँच दिनमा ८९ हजारले लिए आन्तरिक हवाई सेवा

डिसी नेपाल
२१ असोज २०८१ १४:४८

काठमाडौं। बाढी पहिरोका कारण सडक मार्ग असहज भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

दसैंको मुखैअगाडि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको चाप ह्वात्तै बढेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि पछिल्लो पाँच दिनमा आन्तरिकतर्फ १८ सय ९५ उडान अवतरण भएका छन्। उक्त उडानमार्फत ८९ हजार ६२ जनाले दोहोरो हवाई सेवा लिएका छन्।

आन्तरिकतर्फको उडान चाप बढेसँगै गत सोमबार ४५०, मंगलबार ४३४, बुधवार ३७५, बिहीबार ३२७ र शुक्रबार ३०९ उडान अवतरण भएका छन्।

उक्त उडानबाट सोमबार १९ हजार १५९, मंगलबार १८ हजार १३७, बुधवार १७ हजार चार, बिहीबार १६ हजार ७५३ र शुक्रबार १८ हजार तीन जनाले हवाई सेवा लिएका छन्। उक्त सङ्ख्यामध्ये अधिकांश यात्रु राजधानीबाट बाहिरिने रहेका छन्। अहिले उपत्यका बाहिरबाट फर्किने जहाज प्रायः रित्तै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *