मौरिसस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

डिसी नेपाल
२१ असोज २०८१ १६:३६

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

बिमलाले मौरिसस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *