मध्यपूर्व तनावको असर इन्धनको मूल्यमा

डिसी नेपाल
२२ असोज २०८१ ७:१७

काठमाडाैं। मध्यपूर्वमा देखिएको अशान्तिको असर इन्धनको मूल्यमा परेको छ। मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लण्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ।

स्थानीय समय अनुसार फ्रान्सको पेरिसमा साँझ ५.२५ बजेतिर ब्रेन्ट नर्थ सी तेलको मूल्य २ दशमलव ६ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो।

यसको अमेरिकी समकक्षी नोभेम्बर डेलिभरीका लागि वेस्ट टेक्सस इन्टरमिडिएट २ दशमलव ८५ प्रतिशतले बढेर ७६ दशमलव ५१ डलर पुगेको थियो।

इजरायलमाथि अक्टोबर ७ मा हमासले गरेको आक्रमण गरेको एक वर्ष पूरा भएसँगै विश्वभर शान्ति र त्रासको बातावरण झन् बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *