नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज २-१ ले जित्यो

डिसी नेपाल
२२ असोज २०८१ ९:०६

काठमाडौं। नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ। गएराति सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो।

तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुँदै १७७ रन बनाएको थियो। नेपला यसअघि पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २० रनको विजयी भएको थियो।

क्यानडा भ्रमण अन्तर्गत विश्वकप लिग- २ सिरिजमा नराम्रो प्रदर्शन गरको नेपालले त्यसपछि खेलेको टी-२० ४ मध्ये २ खेल जितेको थियो।

अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग- २ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *