श्रीप्रसाद पोख्रेलको लघुकथा संग्रह “श्रीधर” को लोकार्पण समारोह पेन्सिलभेनियामा

डिसी नेपाल
२२ असोज २०८१ ९:४६

पेन्सिलभेनिया। अमेरिकामा रहेका नेपाली लेखक, साहित्यकार र साहित्यप्रेमीहरूको लागि विशेष कार्यक्रम “पुस्तक लोकार्पण समारोह” शनिबार अपरान्ह २ बजे पेन्सिलभेनियाको ह्यारिस्वर्ग शहरमा आयोजना भयो।

यो कार्यक्रमको आयोजना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजना गरिएको हो, जसमा नेपाली साहित्यको संरक्षण, प्रवर्द्धन, र समृद्धिमा समर्पित व्यक्तित्वहरूको उपस्थिति रह्यो।

कार्यक्रमका सभाध्यक्ष दिपक जङ्ग बिश्वकर्मा रहेका थिए भने प्रमुख अतिथिको रूपमा कवियत्री तथा लेखक सीता पाण्डे उपस्थित थिइन्। अन्य प्रमूख अतिथिहरूमा डीसी नेपालका प्रधान सम्पादक चुडामणि भट्टराई, पेन्सिलभेनिया नेपाली समाजकी प्रमूख अर्चना शर्मा, भुटानी समाज ह्यासिस्वर्गका पूर्व अध्यक्ष विनय लुईंटेल, हिन्दु धर्म तथा सांस्कृतिक संगठनका अध्यक्ष प्रेम खनाल, त्रिवेणी साहित्य मंचका अध्यक्ष केशव बैरागी माइलो, विश्व भूटानी साहित्य संगठनका उपाध्यक्ष आभाष रिखाम मगर र महासचिव पातलो अन्तरे, क्रियामण फाउण्डेशनका सिइओ भरत तिम्सिना, एनआरएनए पेन्सिलभेनियाका उपाध्यक्ष अभिषेक थापा लगायत अन्य साहित्यकारहरूको समेत उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम त्रिवेणी साहित्य मंचका संस्थापक अध्यक्ष, नेपाली शिक्षा कार्यक्रम ह्यारिस्वर्गका निर्देशक नबिन शर्मा भट्टराइले गरेका थिए भने कार्यक्रम संयोजन भरत के श्रेष्ठले गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षणहरूमा पुस्तक लोकार्पण, लघुकथा वाचन, शुभकामना मन्तव्य, कविता तथा गजल वाचन र सांस्कृतिक प्रस्तुति प्रदर्शन भएको थियो। कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले र संस्कृत विश्वविद्यालय दागंका उपकुलपति प्राडा भीम खतिवडाको रेकर्डिङ शुभकामना सन्देश पनि प्रस्तुत गरियो।

लेखक अतिथि श्रीप्रसाद पोख्रेलको विचार, भक्त घिमिरे र विष्णु लुईटेलको पुस्तक समीक्षा तथा विशेष अतिथिहरूबाट शुभकामना मन्तव्य हुँदै कार्यक्रमको औपचारिक समापन अघि अनेसास पेन्सिलभेनिया च्याप्टरको गठनका लागि १३ जनाको समन्वय समितिका सदस्यहरूको नाम कवि तथा लेखक गण्डकीपुत्रले घोषणा गरे।

अनेसास पेन्सिलभेनिया समन्वय समिति सदस्यहरूको नाम नबिन शर्मा भट्टराई, दिपकजंग विश्वकर्मा, विष्णु लुईटेल, अभिषेक थापा, भरत के श्रेष्ठ, गुन्जन उपाध्याय, विष्णु निरौला, सरिता सुनुवार, फुर्वा लामा, त्रिविक्रम न्यौपाने, खेम संगरौला, रेनु न्यौपाने, र रानी खरेई रहेको छ।

उक्त समितिले पेन्सिलभेनिया राज्यभरि छरिएर रहेका नेपाली भाषा तथा साहित्यप्रति रूचि राख्ने सदस्यहरूलाई एकजुट गरि आगामी मे महिनासम्ममा चुनावद्वारा कार्यकारी समिति गठन गर्ने उद्देश्य लिएको विषयमा समन्वय कर्ता कवि गण्डकीपुत्र र नबिन शर्मा भट्टराईले स्पष्ट पारे।

साहित्य र सांस्कृतिक गतिविधिहरूको उत्कृष्ट संयोजन भएको यो समारोहको औपचारिक समापनको घोषणा सभापति दिपकजंग विश्वकर्माले ४:५५ बजे गर्नु भयो र जलपान र सामूहिक तस्वीर सँगै समारोहको विसर्जन गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *