भारतको हरियाणामा कांग्रेसको शुरुवाती अग्रता, बिजेपी पछाडि

डिसी नेपाल
२२ असोज २०८१ ९:५३

काठमाडौं। भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले शुरुवाती अग्रता लिएको छ। अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना शुरु भएको छ।

९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार कांग्रेस ४८ सिटमा अगाडि देखिएको छ भने भारतीय जनता पार्टी १६ सिटमा अगाडि रहेको छ। त्यस्तै अन्य ४ सिटमा अगाडि रहेका छन्।

यस अघि २०१९ मा हरियाणामा बिजेपीले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए।

त्यस्तै जम्मु कश्मिरमा जेकेएनसीले २७ सिटमा अग्रता हासिल गरेको छ भने भारतीय जनता पार्टी १७ सिटमा अगाडि रहेको छ। त्यस्तै पिडिपी एक र अन्य ३ सिटमा अगाडि रहेका छन्।

९० सिट रहेको जम्मु कश्मिर विधान सभाको सेप्टेम्बर १८ र अक्टोबर १ मा मतदान भएको थियो। जम्मु कश्मिरमा १० बर्षपछि विधान सभा निर्वाचन भएकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *