बाढी प्रभावित क्षेत्रको जानकारी लिँदै गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

डिसी नेपाल
२२ असोज २०८१ १०:०८

सिन्धुली। सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री यहाँ पुगेका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट पुगेका हुन् ।

उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे। रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उहाँहरूले सो कामको निरीक्षणसमेत गरेका छन्।

अहिले उनले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग छलफल जारी राख्नुभएको छ । मन्त्रीहरु सिन्धुपोल्चोकको चौतारा जाने कार्यक्रम रहेको जनाइको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *