बालकथा

रामुको दशैं

भावना घिमिरे
२३ असोज २०८१ ९:४५

हरेक वर्ष आउँछ दशैं। यो वर्षको रामुको दशैं अलिक भन्न भएर आएको छ। यो वर्षको दशैंलाई ऊ आफैंले भिन्न बनाउन लागेको हो।

रामुलाई याद भएसम्म हरेक वर्ष दशैंमा बाबालाई निकै गाह्रो हुने गरेको छ। त्यो गाह्रो त यस वर्ष पनि छ। तर यो वर्ष रामुले बाको गाह्रोपनमा थोरै भए पनि खुसी थप्ने निर्माण गरेको छ।

सात कक्षामा पढ्ने रामुले यस वर्ष बाबालाई नयाँ कपडा किनिदिन नभन्ने निर्णय गरेर वसेकाे छ।

उसलाई लाग्यो-आज भोलि दशैंमा मात्रै नयाँ कपडा किन्नु पर्ने अवस्था छैन। आवस्यकतामा किन्नु राम्रो। यस्तो सोच्दासोच्दै रामुले एकदिन आफ्ना पुराना कपडा खोजेर जम्मा गर्‍याे।

राम….राम … रामु त आफैं अचम्ममा पर्‍याे यति धेरै कपडा पो रहेछन्। यति धेरै कपडा मैले किन किनाएछु, उसलाई एक छिन दिक्क पनि लाग्यो।
तर दिक्क मान्नु भन्दा नयाँ तरिकाले बाबालाई खुसी दिने तुरुन्तै जुक्ति लिकाल्यो रामुले।

मामाघरमा टीका लगाएर दिएका पैसा। आमा, दिदी, दाइ अन्य मान्यजनले दिएका पैसा उसले जम्मा गरेर राखेको थियो। अझ पोहोर सालको दसैंको पैसा पनि लुकाएरै राखेको थियो रामुले।

सबै पैसा जम्मा गर्दा त बाबा र आमालाई नयाँ कपडा किन्न पुग्ने रहेछ। रामु दंग पर्‍याे। बबालाई आफ्ना लागि धेरै कपडा भएको बतायो र उसले बाबालाई यसवर्ष काे दशैंमा नयाँ कपडा नकिनिदिन भन्यो ।छोराको कुराले बाबा खुसी हुनुभयो।

यो कुरा घठस्थापनाकाे अघिल्लाे दिनकाे थियाे। घटस्थापनाका दिन स्कूल बिदा थियो। रामु खानाखाए पछि आमासँग साथीको घर पुगेर एक घण्टा मै आउँछु, भन्दै घरबाट निस्कियो। आमाले पनि छिटो फर्कनु है,भन्दै जाने अनुमति दिनु भयो।

रामु अति ज्ञानी छ। उसले समय र बचनकाे खुब ख्याल गर्छ। एक घण्टामै घर फर्कियाे। घर आउँदा उसले बाबालाई दौरा सुरवाल र आमालाई सुतीको धोती र चोलो किनेर ल्याइदिएछ।

उसकाे याे कार्य देखेर बाबा आमा निकै खुसी भए। रामु पनि बाबालाई दु:ख नदिएको र थोरै भए पनि बाबाको आर्थिक भार कम गराउन सकेकोमा दंग भयो। नानीबाबुहरू हो, बाबाआमालाई अनावश्यक कपडा किनाउनु राम्रो कुरा होइन । रामुजस्तै ज्ञानी र बुद्धिमान हुनुपर्छ है!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *