काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस दुर्घटनाः १५ जना घाइते

डिसी नेपाल
२३ असोज २०८१ १०:४२

काठमाडौं । काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस दुर्घटना भएको छ। काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका छन् । प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *