गौशालाको धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड

डिसी नेपाल
२३ असोज २०८१ १६:१७

काठमाडाैं। माडवाडी सेवा समितिको विरोधकाबीच काठमाडौं महानगरले गौशालाको धर्मशालामा आफ्नो बोर्ड राखेको छ।

पशुपति क्षेत्र बिकास कोषले गौशालाको धर्मशाला सञ्चालनको जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको भन्दै बुधबार काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाद्वारा सञ्चालिक गौशाला धर्मशाला लेखिएको बोर्ड राखेको हो।

गौशाला धर्मशाला सञ्चालनका लागि पुगेको महानगरको टोलीले यसअघि सञ्चालक रहेको माडवाडी सेवा समितिका सदस्यहरुलाई बलपूर्वक हटाएको थियो। सो क्रममा केहिबेर माडवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच घम्साघम्सी समेत भएको थियो।

समितिले भने अदालतमा बिचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायीक अधिकार सुरक्षित हुनुपर्ने भन्दै प्रदर्शन गरेको थियो। नगरप्रहरी बलका प्रमुख राजु पाण्डेले पशुपति क्षेत्र बिकास कोषसंग धर्मशाला सञ्चालन गर्ने सम्झौता भएकाले आफूहरु आएको बताए।

काठमाडौं जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको थियो।

त्यसलगतै कोष र काठमाडौँ महानगरपालिकाबिच पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा सातबुँदे सहमति भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *