धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोहीको शव ल्याउन समस्या

डिसी नेपाल
२३ असोज २०८१ २०:०५

म्याग्दी। धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको छ।

प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरिको सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले शव ल्याउन आज हेलिकप्टरमा धौलागिरि गएको शेर्पासहितको टोलीले घटनास्थलको निरीक्षण गरेर मात्र फर्किएको जानकारी दिए।

‘हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको छ’, उनले भने, ‘मौसमको खराबी र प्रतिकूल भूगोलका कारण शव संकलन गरी घटनास्थलबाट ल्याउने प्रयास असफल भएको छ।’

आधारशिविरको ‘हाइक्याम्प’मा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए।

प्रहरीका अनुसार रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव मंगलबार भेटिएको थियो। आइ एम टे«कीङ एण्ड एक्सपीडिसनमार्फत १४ जना रुसका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए। नौ जना पर्वतारोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए।

xसंसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ। पर्यटन विभागका अनुसार चालु शरदयाममा रुसका १४ जनाले धौलागिरि आरोहणको अनुमति लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *