दशैंका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट

डिसी नेपाल
२४ असोज २०८१ ११:१८

भैरहवा । नेपाल राष्ट्र बैंकले हिन्दुहरुको महान पर्व दसैं, तिहार छठ पर्वलाई लक्षित गर्दै नयाँ नोट वितरण विगतमा गरेपनि यस वर्ष सुकिला नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले सफा सुकिला नोटहरू पछिल्लो समय राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग सुकिला नोटको स्टक बढ्दै गएकाले यसलाई दसैंमा प्रयोग गरौं भनेर यसपटक यस्तो निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभागले तोकेको मापदण्ड अनुसार सर्वसाधरणका लागि असोज १३ गतेदेखि २२ गते सम्म नोट वितरण गरेको हो । प्रत्येक वर्ष दसैंमा सटही हुने गरेको नोटभन्दा दुई गुणा बढी सफा नोट स्टकमा रहेका कारणले त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले यस वर्ष थुप्रिएको सफा नोटलाई व्यवस्थापन गर्न र नयाँ नोटमा खर्च नगर्न सफा नोट व्यवस्थापन नीति लिएको हो ।

सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्ला मध्ये रुपन्देहीमा राष्ट्र बैक स्वयमले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको मार्फत नोट वितरण गरेको नेपाल राष्ट्र बैक प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीले बताए ।

अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्त, पूवी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंक मार्फत ८३ करोड नोट पठाइएको छ । बैकले बैक तथा वित्तिय संस्थालाई १ अर्ब खुद्रा नोट पाठाएको छ भने ६ अर्ब ५० करोड ठूला दरकोृ नोट गरि ७ अर्ब ५० करोड नोट यो समयको दौरान पठाएको छ ।

गत वर्ष दशैको समयवधिमा रुपन्देहीमा सरदर दैनिक ७० करोड नोट बाहिरीन्थ्यो भने अहिले दैनिक रुपमा १ अर्ब ४० करोड अर्थात दोब्बर नै नोट बाहिरीएका छन यो भनेको आर्थिक अवस्था पहिला भन्दा चलायमान हुनु हो । यस्तै बाहिरी जिल्ला पाल्पामा गत वर्ष २३ करोड, गुल्मीमा २० करोड बाहिरीन्थ्यो भने यो दर पनि अहिले दोब्बर भएको छ ।

पहाडी जिल्लामा पनि करिब दोब्बर नै पैसा बैकबाट बाहिरीएको छ । यो तथ्याङले दशैको बेला पैसाको गतिविधी बढेको पाइएको निर्देशक सुवेदीले भने । नोट सटिने संख्यामा कमि आएपनि गत वर्ष भन्दा यो वर्ष दोब्बर पैसा राष्ट्र बैंकबाट बाहिरीएको छ यो भनेको आर्थिक गतिविधी चलायमान भएको अपेक्षा बैंकको हो ।

गत वर्ष ४० करोड ७१ लाख साना दरका नयाँ नोट वितरण गरिएकोमा यस वर्ष ८३ करोड सुकिला नोट सर्वसाधारण र अन्य जिल्लामा माग अनुसार पठाइएको छ । ५ दरको नोट बाहेक साना दरको सबै नोट मागे अनुरुप नै सर्वसाधरण, वित्तिय संस्था, कार्यालय, उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुलाई वितरण गरिएको उपनिर्देशक पाण्डेले भने ।

गुल्मी, अर्घाखाची, पाल्पा, परासी, कपिलवस्तु, रोल्पा, प्युठान, पूर्वी नवलपरासी र पूर्वी रुकुममा नोट कोष सुविधा छ, नोट कोष सुविधा भएको बैंकको माग अनुसार नै प्रयाप्तताको आधारमा रकम पठाइएको छ । नोटलाई सुरक्षित तरिकाले उपयोग गर्नपनि राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ । यस्तै संस्था, संगठित कार्यालय र सरकारी कार्यालयहरुको माग र पत्रको आधारमा समेत नोट साट्ने व्यवस्था कार्यालयले गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *