एमालेको केन्द्रीय सचिवालय बैठक जारी

डिसी नेपाल
२४ असोज २०८१ १४:१५

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। बैठकमा छलफलका धेरै एजेन्डा तय नभए पनि दसैँको सामान्य शुभकामना आदानप्रदानका साथै बाढी पहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुने बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा बैठक बोलाएका हुन् । अध्यक्ष ओली अमेरिका भ्रमणबाट फर्केपछि पार्टी कार्यालय डुबान भएकाले बसेरा होटेलमा सचिवालय बैठक बसेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *